
काठमाडौं, साउन २५ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।
विभिन्न परम्परागत सिप तथा कला संरक्षण तथा प्रवर्धनका साथै औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एण्ड ग्रुप कम्पनीले आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकिरहेको भन्दै ब्यवसायका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्थाका लागि उनीहरुले माग गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्