१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्यमा गिरावट


0
Shares

काठमाडौं, साउन २७ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको जानकारी दिएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको थियो ।

तेजावी सुन ८८ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ ।