१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार पोखरेल नियुक्त


0
Shares

काठमाडौं, साउन २७ । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त हुनु भएको छ ।

साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गर्नु भएका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दैैै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई विदाई गरिएको थियो । साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरुले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई विदाई गरेका थिए ।