१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमल थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेख्नुभएको“एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ ।

अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेख्नुभएको हो ।

पुस्तक बिहीवार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गर्नुभयो । स्व. छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गर्नुभएको छ ।

अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा लेख्नुभएको छ । पुस्तकमा स्व. छत्रबहादुर थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायत कालका अनुभवहरु समेटिएको छ ।