२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड


0
Shares

नवलपरासी, साउन २९ । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो ।

परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरुमा टोली पठाएर राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु गरिएको छ ।

नयाँ नागरिकतासँगै पुराना, झुत्रा भएका, फोटो मेटिएकालगायतका प्रतिलिपि लिनेहरु पनि आएका कारण भिड बढेको बढेको छ ।

सेवाग्राहीको चापसँगै हरेक पालिकालाई बारका आधारमा छुट्टाइएर नागरिकता वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साउन १ देखि सुरु भएको यो अभियानअन्तरर्गत हरेक वडामा १ देखि ६ वटा टोलीहरुले विवरण संकलन गरिरहेका छन् ।