१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डोज खोप पाउने


0
Shares

काठमाडौं, साउन २९ । बालबालिकाका लागि कोरोनाविरुद्ध उपयोग गर्न सकिने खोप आगामी फागुन महिनाभित्रै प्राप्त हुने भएको छ ।

त्यसका कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डोज खोप पाउने गरी विश्व बैंक र खोप सञ्जाल गाभीबीच आज सम्झौता भएको छ ।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खोप खरिदका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।

चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउन यो सम्झौता तय गर्न सफल भएकोमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रसन्नता व्यक्त गर्नु भएको छ ।