१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गम्भीर चूकः शेखर कोइराला


0
Shares

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गर्नुभएको छ ।

दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयलगत्तै सामाजिक सञ्जालमा डा. कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने प्रष्ट गर्नुभएको हो ।

प्रधानमन्त्रीबाट गम्भीर चूक भएको भन्दै कोइरालाले अध्यादेशबाट सरकार चलाउने कांग्रेसको संस्कार नभएको पनि प्रष्ट गर्नुभएको छ ।

कोइरालाले ट्वीट गर्दै लेख्नुभएको छ, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न । सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’