१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल बनाउन दाहाल र नेपाललाई भट्टराईको आग्रह


0
Shares

काठमाडौं, भदौं ३ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल निर्माणका लागि एकजुट हुन आह्वान गर्नुभएको छ ।

बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले–समाजवादी) का अध्यक्ष माधव नेपाललाई भट्टराईले तत्कालको चुनावी लोभतर्फ भन्दा पनि समाजवादको नयाँ मोडल बनाउने तर्फ लाग्न आग्रह गर्नुभएको हो ।

सबैको मेहनतले उन्नत विचार खोज्न सकिने भन्दै भट्टराईले भन्नुभयो, ‘हिजो कसैले माओवादी, कसैले एमाले भन्यौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्नैपर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नपर्छ ।’

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि बुधबार मात्र नेकपा एमाले र जसपा विभाजित भएको छ । माधव नेपालले एमाले समाजवादी तथा महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नामको दल दर्ताका लागि निर्वाचन आयेगमा निवेदन दिनुभएको छ ।

यस्तोमा भट्टराईले नयाँ विकसित परिस्थितिमा समाजवादी बाटोमा लाग्न अरु नेतालाई आग्रह गर्नुभएको हो ।