
काठमाडौं, भदौं ४ । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म हुने भएको छ ।
यसका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।
परराष्ट्र मन्त्रालयले गठन गरेको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् ।
यसैगरी, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु पनि समितिमा रहने छन् ।
विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, पुँजी, प्रविधि, संजाल र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई सरकारले उच्च प्राथमिकता दिएको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने एनआरएनको नवौं विश्व सम्मेलन यसअघि २०७६ सालको असोज २८ देखि ३० गते काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्