७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेकपा एमालेका अध्यक्ष ओली र सांसदले सभामुखलाई धम्की दिनु आपत्तिजनक र मर्यादाहीन


0
Shares

काठमाडौं, भदौं ७ । नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै संसदमा रहेका अरु राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

सभामुख सापकोटाको प्रतिरक्षामा विज्ञप्ति जारी गर्दै ती दलले ओली र एमाले सांसदहरुले सभामुखप्रति व्यक्त गरेका विचार आपत्तिजनक र मर्यादाहीन भएको पनि उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले सोमबार एक विज्ञप्ति निकाल्दै सभामुख सापकोटालाई दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादा अवलम्बन गर्न आग्रह गरिएको छ ।

कांग्रेस सचेतक पुष्पा भुषाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, जनमोर्चाका दुर्गा पौडेल र माधव नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले भनेका छन्, ‘सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् ।’