७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ओरालो लागेको सुनको मूल्य फेरि उकालो लाग्यो


0
Shares

काठमाडौं, मंसिर २६ । एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य बिहीबार (आज) वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनमा प्रतितोला रु. चार सय र चाँदीमा प्रतितोला रु. १० वृद्धि भएको छ ।

महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु. ७१ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७० हजार नौं सय तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु. आठ सय ४० निर्धारण गरिएको छ ।

अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला रु. ७० हजार आठ सय, तेजाबी सुन प्रतितोला रु. ७० हजार पाँच सय र चाँदी प्रतितोला रु. आठ सय ३० मा खरीद बिक्री भएको थियो । रासस