८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘समयमै काम नगरे १० वर्षमा पोखरा पनि काठमाडौं जस्तै बन्ने छ’


0
Shares

पोखरा, मंसिर २७ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा साढे दुई करोडको लागतमा निर्माण हुने आकाशे पुलको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार आकाशे पुलको शिलान्यास गरे । शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले दिगो हुने किसिमले पुल निर्माण गर्नु पर्ने धारणा राखे ।

उनले विकासको पूर्वाधार निर्माण गर्दा लामो समयसम्म हुने गरि निर्माण गर्नु पर्नेमा जोड दिदै सोही अनुसारको पुल निर्माण हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै सडकहरु ४ लेनको बनाउने बताए । उनले समयमै काम नगरे आगामी १० वर्षमा पोखरा पनि काठमाडौं जस्तै बन्ने भन्दै व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको दुई करोड र दिवंगत सांसद रविन्द्र अधिकारीले संसदीय कोषबाट प्रदान गरेकोे ५० लाख गरी दुई करोड ५४ लाख ४२ हजारमा आकासे पुल निर्माण गरिने बताए ।

उक्त पुलको निर्माण आगामी साउन २७ गते भित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ ।