८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रहरीलाई गल्ती गर्ने छूट छैन: गृहमन्त्री थापा


0
Shares

काठमाडौं, मंसिर २७ । गृहमन्त्री राम बहादुर थापाले प्रहरीलाई गल्ती गर्ने छूट नरहेको प्रष्ट गरेका छन् ।

शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका प्रहरी निरीक्षकको दीक्षान्त समारोहमा मन्त्री थापाले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने औलयाएका हुन् ।

प्रहरीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिँदै मन्त्री थापाले सानो गल्ती प्रहरी संगठन र सरकारकै लागि पनि प्रत्युत्पादक हुने बताए ।

पछिल्लो समय प्रहरीले प्रशंसनीय काम गरिरहेको भन्दै उनले प्रहरीमाथि राज्यले गरेको ठूलो लगानी गरेकाले दुरुपयोग नगर्न सचेत पनि गराए ।

प्रहरी संगठनलाई समयानुकूल बैज्ञानिक, प्रविधियुक्त श्रोत साधनबाट थप सुसज्जित गर्न मन्त्रालय गम्भीर रहेको भन्दै उनले भौतिक पूर्वाधार, थप दरबन्दी निकासा, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आधुनीकिकरण भइरहेको पनि उल्लेख गरे ।

कार्यक्रममा तालिमका विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत पनि गरिएको थियो ।