
काठमाडौं, मंसिर २७ । काठमाडौं नगरका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको शुक्रबार बिहान निधन भएको छ ।
९३ बर्षिय श्रेष्ठको कलेजोको क्यान्सरबाट निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिएको छ ।
२०१० साल भदौ १० गते भएको काठमाडौं नगरपालिकाको चुनावमा उनी निर्वाचित भएका थिए । उनी कम्युनिष्ट पार्टीको तर्फबाट सभापति बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्