१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन, राष्ट्रिय सभाको नेता भुषाल

महालेखाको प्रतिवेदन पढ्न ओलीलाई नेपालको सुझाव

0
Shares

काठमाडौं, भदौं १३ । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरिएको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत नेता चुनेको हो ।

यसैगरी, दलको बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा भने स्थायी कमिटी सदस्य बेदुराम भुषाललाई चुनिएको छ । सांसद विरोध खतिवडाका अनुसार अरु पदाधिकारी भने पछि चयन गरिनेछ ।

संसदीय दलको विधान बनाउन सांसदहरु भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेको मस्यौदा समिति पनि बनाइएको छ ।

यसैबीच, बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूलेजस्तो काम कसैले नगरेको दाबी गर्दै आएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न सुझाउनुभएको छ ।

संसदीय दलको बैठकमा ओलीको आलोचना गर्दै नेपालले कस्तो काम गरेको भन्ने त महालेखाको प्रतिवेदनले देखाइसकेको भन्दै प्रतिवेदन पढ्न सुझाव दिनुभएको हो ।

ओम्नीकाण्ड लगायतका विषयमा संसदले नै प्रश्न उठाउँदा पनि ओलीले छानबिन नगराएको भन्दै नेपालले प्रश्न गर्नुभयो, ‘यदि उहाँको संलग्नता छैन भने छानबिन गर्न किन बाधा गर्नुपर्यो ?’

नेता नेपालले तत्काल कुनै पार्टीसँग पनि आफ्नो दलको एकता नगर्ने भन्दै पार्टीको पुनगठन नै पहिलो एजेण्डा रहेको उल्लेख गर्नुभयो ।