
काठमाडौं, भदों १६ । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट हालेको छ ।
बुधबार तीन वटा रिट लिएर सर्वोच्च अदालत पुगेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।
निर्वाचन आयोगले बदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको आरोप लगाइएको छ ।
सभामुख अग्नि सापकोटाविरुद्ध भने एमालेले कारवाही गरेका सांसदहरुको सूचना नटाँसेको आरोप लगाइएको छ । रिटमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपालसहित १४ सांसदलाई पनि विपक्षी बनाइएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना नटाँसेकाले रिट निवेदन दर्ता गर्नुपरेको एमालेको जिकीर छ ।
प्रतिक्रिया दिनुहोस्