१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थप १७ सय ५६ संक्रमित, २३ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा देशभर १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार ३३४ जनाको परीक्षण गर्दा १७ सय ५६ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

भएसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ६ जना पुगेको छ ।