
काठमाडौं, भदौ १८ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाका कुनै पनि जनप्रतिनिधिले साथ नदिने भएका छन् ।
कास्कीबाट निर्वाचित २ सय ८२ जना जनप्रतिनिधि सबैले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।
कास्कीबाट एमालेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रत्यक्ष र समानुपातिक गरी २ सय ८२ जना जनप्रतिनिधि रहेका छन् ।
आज पोखरामा जनप्रतिनिधिको भेला आयोजना गरेर एमाले अध्यक्ष कृष्ण थापाले कास्कीका एक जना जनप्रतिनिधिले पनि विखण्डनकारीलाई साथ नदिएको बताउनुभयो । भेलालाई एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी र केन्द्रीय सदस्य सिता गिरीले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्