८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सोलुखुम्बुका विद्यालयहरु खुले


0
Shares

सोलुखुम्बु, भदौ २१ । सोलुखुम्बुका विद्यालयहरु खुल्न थालेका छन् ।

स्थानीय तहको निर्णय अनुसार हिजोदेखि नै धेरैजसो विद्यालयहरुमा नियमित पढाई हुन थालेको हो ।

सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी र खुम्बुपासाङल्हमू गाउँपालिकामा पठनपाठन हुन थालेको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा पालिकाभित्रका सबै विद्यालय खुलेका हुन् ।

अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय र सम्पर्क गर्ने, सबै शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरुको आवश्यक तयारी गरेर पठनपाठन थालेको स्थानीय तहहरुले जनाएका छन् ।