१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोरु काटेको आरोपमा स्याङ्जामा तीन जना पक्राउ


0
Shares

स्याङ्जा, भदौ २१ । स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाको भिरकोट ढापुकफेदीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ढापुकफेदीका नैनसिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ छन् ।

प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।