२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

नृशंस हत्याका अपराधी खोज्दै प्रहरी

0
Shares

संखुवासभा, भदौ २१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको छ ।

जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या गरिएको हो ।

गए राती तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

घरमा रहेका परिवारका सात सदस्य मध्ये ६ जनाको हत्या गरिएकाे हाे । सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव खोल्सा, बारीको कान्लामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।