२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपाका सांसद विभाजन


0
Shares

कैलाली, भदौ २२ । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि विभाजन भएका छन् ।

जसपाका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्णबहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसद चौधरीले धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोसपामा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिनुुभयो । उहाँले लोसपा रोजेपछि अब प्रदेशसभामा जसपाको तर्फबाट मालामतीकुमारी राना मात्रै छिन् ।

गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा महन्त ठाकुर समूहलाई साथ दिँदै आएकी थिइन् । तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन् ।

जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन् । एकीकृत समाजवादी पार्टी १४ सांसदसहित पहिलो बनेको छ । यस्तै १३ सांसदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको रुपमा छ ।