२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन


0
Shares

काठमाडौं, भदौ २२ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ ।

परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमाप फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहनु भएको छ ।

मंगलबार फोरमको औपचारिक गठन कार्यक्रममा उपाध्यक्ष चौधरीले अर्थतन्त्रको मूलप्रवाहमा महिलाहरूलाई ल्याउने उद्देश्यले यस फोरमको गठन गरिएको बताउनुभयो ।

आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनु भएका महिला नेतृहरूको साझा मञ्च बनाउने उद्देश्य रहेको भन्दै उहाँले अभियानलाई प्रदेश तहहरूमा समेत विस्तार गर्ने उल्लेख गर्नुभयो ।

फोरमकी संयोजक शर्माले महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने उल्लेख गर्नुभयो ।