१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी


0
Shares

काठमाडौं, भदौ २३ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएके हो ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै अल्पमतमा पर्नुभएकी शाक्यले नेकपा (एमाले) विभाजनमा माधवकमाुर नेपालको साथ छाडेकालाई केही दिनका लागि भए पनि मन्त्री बनाउने तयारी गर्नुभएको हो ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको आजै शपथग्रहणको तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डे मात्र रहनुभएको छ ।