४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा उच्च गिरावट जारी


0
Shares

काठमाडौं, भदौ २३ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो ।

यस दिन पनि नेप्से ६० अंकले ओरालो लागेर २८ सय ७६ मा आइपुग्यो । कारोबार थप खुम्चियो । यस दिन कारोबार भएका सबै समूह राताम्मे रहे ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २१ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ३ सय २८ अंकले ओरालो लाग्यो ।

उत्पादनमूलक र विकास बैंक समूह पनि डेढ सय अंक हाराहारीले ओरालो लागे । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको १ करोड ६१ लाख कित्ता शेयर जम्मा ६ अर्ब ६५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।