
काठमाडौं, भदौ २४ । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।
अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघको भनाइ छ ।
बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्