
काठमाडौं, भदौ २४ । सरकारले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नदिने निर्णय गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी नदिन सूचना जारी गरेको हो ।
अर्थ मन्त्रालयले कार्यालयलाई चालु बजेटको कुनैपनि शिर्षकमा भुक्तानी नदिन निर्देशन दिएपछि कार्यालयले सूचना जारी गरेको छ ।
कार्यालयले भुक्तानी दिने कोष तथा लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक र प्रदेश लेखा इकाई कार्यालयलाई ३ दिन भुक्तानी नदिन भनेको हो ।
भोली प्रतिस्थापन विधेयक संघीय संसदमा दर्ता भएपछि आइतबारबाट भुक्तानी सुरु हुने कार्यालयले बताएको छ ।
सरकारले २५ गते संघीय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारीमा छ । सो विधेयक दर्ता भएपछि सोहि अनुसार कार्यान्वयनमा जाने कार्यालयको भनाई छ ।
हालसम्म भैसकेको भुक्तानीलाई स्वीकृति दिने कार्यालयको भनाइ छ । सरकारले बजेट अध्याधेशलाई संशोधन गर्ने भएपछि सोही अनुसार बजेट खर्च गर्न भुक्तानी रोकेको हो ।
प्रतिक्रिया दिनुहोस्