
काठमाडौं, पुस ४ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन आज (शुक्रबार) देखि काठमाडौंमा सुरू भएको छ ।
व्यावसायिक चरित्र, पारदर्शी व्यवहार, निष्पक्ष अनुसन्धान र अभियोजन, न्यायको आधार भन्ने मुख्य नारासहित सुरू भएको हो ।
सम्मेलनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फौजदारी न्याय प्रणाली बलियो अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलबीच समन्वयले मात्र सम्भव भएको बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालका कारागारहरूलाई अझै सुधारगृहका रूपमा विकास गर्न छलफल आवश्यक रहेको बताए ।
महान्यायधीवक्ता अग्नि खरेलले नयाँ फौजदारी संहिता अनुसार अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच एकै किसिमको बुझाइ भए मात्र सरकारी मुद्दामा सफलता मिल्ने बताए ।
सम्मेलनमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्