१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थपिए ९११ संक्रमित, १३ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ २७ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ९ सय ११ संक्रमित थपिएका छन् ।

११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८३, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १४ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ रहेको छ ।