
पोखरा, पुस ६ । पोखरा प्रिमियर लिग पीपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ ।
पोखरा रंगशालामा आज (आइतबार) भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवनले लगातार चौंथो जित निकालेको हो ।
चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।
विराटनगरको लागि लोकेश बमले ६२ रन जोडेपनि हार टार्न सकेनन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए ।
यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए । विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए ।
जितसँगै चितवन फाइनल नजिक पुगेको छ । चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्