
बैतडी, भदौ २८ । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८ सय ७३ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२२ जनामध्ये ७ जनामा पीसीआर र १५ जनामा एन्टीजेन बिधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।
यस्तै गत २४ घण्टामा प्रदेशभर १६ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्