२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही


0
Shares

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ ।

महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी गरेको थियो । तर, सूचना निकालेको लामो समयसम्म पनि ट्याक्सीसहितका सवारीसाधनले राखेको विज्ञापन बापतको कर नतिरेपछि महानगरले कारवाही थालेको हो ।

ट्याक्सी चालकहरुले भने कर तिर्ने बारेमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनीहरुले स्थानीय सरकार पिच्छे नै कर तिर्नुपर्ने नियमले आफूहरु मारमा परेको गुनासो गरेका छन् ।

तर, नगर प्रहरीले भने सूचना जारी गरेको लामो समय बितेपनि सम्पर्कमा नआएको र कर तिर्ने सम्बन्धमा बेवास्ता गरेकाले नियन्त्रणमा लिन थालेको जिकिर गरेको छ । दुई दिनमा नगरप्रहरीले झण्डै २ दर्जन ट्याक्सी नियन्त्रणमा लिएको जनाएको छ ।