७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई


0
Shares

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो ।

भट्टराईले अहिले नेपालको लक्ष्य विदेशी सहयोगहरुको विरोध गर्ने नभएकाले ठुला राजनैतिक दलहरुका बीचमा सहमति गरेर एमसीसी कार्यक्रम लागु गर्न सकिने बताउनुभयो ।