१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ २९ । पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

१४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २९४ ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

त्यस्तै १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ ।