२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कावुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने कतारको घोषणा


0
Shares

एजेन्सी । कतारले अफगानिस्तानको काबुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने भएको छ ।

तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने कतारले जनाएको छ ।

कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले मंगलबार पत्रकार सम्मेलन गर्दै सबै कुराको प्रष्टता र सुनिश्चितता बिना विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका हुन् ।

कतारका विदेशमन्त्री थानी अफगानिस्तानको राजधानी काबुल पुगेका थिए । जहाँ उनले अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंदसँग भेटवार्ता गरेका थिए ।

यसैबीच महिला विद्यार्थीका लागि तालिबानको नयाँ र कडा ड्रेस कोडविरुद्ध अफगान महिलाले नयाँ अभियान सुरु गरेका छन् ।

उनीहरु यो अभियानका लागि डु नट टच माई क्लोथ र अफगानिस्तान कल्चर ह्यासट्याग चलाएका हुन । अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै तालिबानले महिलाका लागि कडा नियम लागु गरेको छ ।

जसको अफगानिस्तानका महिलाले चर्को विरोध गरेका छन् ।