२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा निर्वाचन आयोग गठन


0
Shares

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो । बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ ।

विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ । प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताउनुभयो ।

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताउनुभयो ।