
काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा ओमान विरुद्ध नेपालले कमजोर ब्याटिङ्ग गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ४७ ओभर ४ बल खेलेर १ सय ९६ रन बनायो ।
आशिफ शेख ९० रन बनाएर आउट भए् । उनलाई साथ दिन क्रिजमा ब्याट्सम्यानहरु नहुँदा दबाबमा आएसँगै उनले आफ्नो संयम गुमाएका हुन् । त्यस्तै करण केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाए । सोमबार राति सम्पन्न जारी श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको रवाफिलो जित निकालेको थियो ।
यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको एक दिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । पपुवा न्यूगिनीलाई दुवै खेलमा हराई अमेरिकालाई समेत पराजित गरेको नेपाल १६ औं बाट १५ औं स्थानमा आएको हो । एसोसिएट राष्ट्रमा नेपालभन्दा अगाडि अब स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्