८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ जनाको मृत्यु, केही घाइते


0
Shares

काठमाडौं, पुस ७ । मध्यअमेरिकी मुलुक होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ जनाको मृत्यु भएको छ ।

झडपको क्रममा केही कैदीबन्दी घाइते भएका छन् । होण्डुरसको राजधानी तेगुतिगाल्पाको पूर्वी क्षेत्रमा रहेको एक कारागारमा कैदी बन्दीको दुई समुहबीच भएको झडपका क्रममा चक्कु, छुरा, खुंडा समेत प्रहार भएको बताइएको छ ।

यसको दुई दिन अघिमात्रै होन्डुरसको एक जेलमा दुई कैदी बन्दीबीच भएको झडपमा १८ जना जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।

होण्डुरसको अधिकांश कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेकै कारण बेला बेलामा झडप हुने गरेको छ ।

झडपलगत्तै सो बन्दीगृहमा सुरक्षा व्यवस्था कडा तुल्याइ अनुसन्धान थालिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनु्मान गरिएको छ । एजेन्सी