
काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (सोमबार) सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरे ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुन् । रासस
प्रतिक्रिया दिनुहोस्