
हेटौंडा, पुस ७ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका छन् ।
प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गरे ।
उनले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न लागिएको जानकारी दिए ।
प्रदेशको अर्थतन्त्रलाई बढाउने र हजारौंलाई रोजगार दिलाउने लक्ष्यसहित बजार निर्माण गर्न लागिएको उनले उल्लेख गरे ।
कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि बजार निर्माणपछि कृषि उपजको बजारीकरणका कारण किसानमा उत्साह छाउने बजार निर्माण सम्पन्न भएपछि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए ।
करीब रु. ४३ करोड लगानीमा निर्माण गरिने थोक बजारमा हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ ।
हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले देशकै आधुनिक कृषि बजार हेटौंडामा स्थापना गरिनु उदाहरणीय कार्य भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्