
काठमाडौं, भदौ ३० । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ ।
दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ गर्ने यात्रुहरुको संख्या बढ्ने वायुसेवा कम्पनीहरुको भनाइ छ ।
पछिल्लो समय उडान संख्या र जहाजसमेत थपिएकाले दसैंको अवधिमा टिकट नपाउने समस्या खासै नरहने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले बताउनुभयो । कोभिड महामारीको जोखिम कायमै रहेकाले यात्रुको संख्या सम्बन्धमा अनुमान गर्न नसकिने कर्णको भनाइ छ ।
दशैंमा सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतसम्म टिकट माग बढ्ने वायुसेवा कम्पनीहरुको दाबी छ । सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरअनुसार यात्रुलाई गन्तव्यमा लगिने संघले जनाएको छ । चाडपर्वको समयमा यात्रु एकतर्फीमात्र हुने हुँदा केही तलमाथि पर्न सक्ने वायुसेवा कम्पनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्