१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन : अर्थविद्


0
Shares

काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् ।

कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताउनुभयो । ४ किसिमले सामान्यतया बजेट खर्च गर्न पाउने स्मरण गराउँदै उहाँले सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐन, उधारो खर्चसम्बन्धी ऐन ल्याएर र पेस्की खर्चबाट मात्र बजेट खर्च गर्न पाउने बताउनुभयो ।

पूर्व मुख्यसचिव डाक्टर विमल कोइरालाले देश कठिनतम अवस्थामा प्रवेश गरेको बताउनुभयो । उहाँले देशको राजनीतिक अवस्था नकारात्मक ढंगले अघि बढीरहेको बताउनुभयो । उहाँले देशको राजनीतिक दलहरुले यस्तै बठ्याइँ गरिरहे भविष्यमा पनि यही संस्कार बसिरहने हो कि भन्ने डर भएको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार बजेटबिहीन हुनु मुलुकको लागि दुर्भाग्य भएको आँैल्याउनुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सरकार बजेटबिहीन भएको परिस्थितीमा अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले अगुवाइ गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको वैदेशिक ऋण ९ खर्ब र आन्तरिक ऋण ८ खर्ब रहेको भन्दै आन्तरिक ऋणको धितोमा राष्ट्र बैंकले बैंकहरुलाई कर्जा दिन सक्ने बताउनुभयो । उहाँले डेडलकको यो अवस्थामा देशको अर्थतन्त्रलाई उकास्न र चलायमान बनाइराख्न केन्द्रिय बैंकले नेतृत्व लिनुपर्ने बताउनुभयो ।