१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं, भदौ ३१ । नेपाली बजारमा बिहीबार सुन मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मूल्य मूल्य प्रतितोला ९० हजार रहेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।