१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिफा वरियतामा नेपाल यथावत


0
Shares

काठमाडौं, भदौ ३१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेकोे छ ।

नेपाल अघिल्लो पटक जस्तै १ सय ६८ औं स्थानमै कायम रहेको हो । नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।

भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन ।

बंगलादेश १८९ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् ।

नयाँ वरियतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो । अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।