
काठमाडौं, भदौ ३१ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ व्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ ।
निर्देशिकाका कतिपय वुँदाहरु व्यवहारिक नभएको भन्दै ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरागर्न साना ब्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गर्नुभयो ।
अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा ब्यवसायीलाई असहज हुने र साना ब्यवसायी पलायननै हुनु पर्ने अवस्था समेत आउन सक्ने उहाँको भनाई छ ।
विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका ब्यवसायीलाई दुख दिने नियतले नभई सम्पत्ति शुद्धिकरण गर्न खोज्नेहरुका लागि लक्षित गरी जारी भएकोले ब्यवसायीलाई अप्ठ्यारो नहुने बताउनुभयो ।
विभागले गत बर्ष जारी गरेको निर्देशकामा सुनचाँदी लगायतका वहुमुल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने ब्यवसायीको बिवरण विभागमा पठाउनुपर्ने लगायतका विभिन्न बिषय उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्