८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


काठमाडौंको गुर्जुधारामा छोरालाई स्कूल लैजादै गरेकालाई ट्रकको ठक्कर, घटनास्थलमै मृत्यु


0
Shares

काठमाडौं, पुस ८ । काठमाडौंको गुर्जुधारामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ४१ वर्षीय अर्जुनबहादुर केसी हुन् ।

मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा पर्वत ठूलोपोखरी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको हो ।

केसी कलंकीस्थित एलआरआई स्कुलमा पढ्ने छोरालाई छाड्न जाँदै थिए । उनका छोरा सामान्य घाइते छन् ।

शव सडकमै राखेर स्थानीय बासिन्दाले दोषी ट्रक चालकलाई पक्रन माग गरेका छन् । प्रहरी घटनास्थल पुगे पनि ठक्कर दिएर भाग्ने ट्रक समाउन सकेको छैन ।

घाइते मृतकका छोराको भने सतुंगलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।