८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकामा असोज ४ गतेबाट भरोसेल खोपको दोस्रो मात्रा लगाइने


0
Shares

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा असोज ४ गतेबाट दोस्रो मात्राको भेरोसेल खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकाको १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

यस्तै तार्केश्वर नगरपालिकाको ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नौ ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शङ्करापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा खोपको दोस्रो मात्रा लगाइने छ ।

यस्तै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।