८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


शाहीकालका महान्यायाधिवक्तालाई न्यायपरिषद् सदस्यको पुरस्कार !


0
Shares

काठमाडौं, पुस ८ । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता बनाइएका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्यायपरिषद् सदस्यमा सिफारिश गरिएको छ ।

न्यायपरिषद सदस्य पदमप्रसाद वैदिकले राजिनामा दिएपछि उक्त रिक्त स्थानमा वरिष्ठ अधिवक्ता खड्कालाई सिफारिश गरिएको हो ।सर्वोच्च अदालतमा न्यायाधीश बन्न भन्दै वैदिकले एक वर्ष कार्यकाल रहँदै राजीनामा दिएका थिए ।

खड्का नाम संसदीय सुनुवाई समितिमा पुगेपछि समितिको मंगलबार बसेको बैठकल दश दिनको समय दिएर खड्काविरुद्ध उजुरी आह्वान गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र मन्त्रिपरिषदको अध्यक्ष आफै रहेको समयमा खड्का ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्याधिवक्ता बनाइएका थिए ।

दुई तिहाई कम्युनिष्ट नेतृत्व सरकारको पालामा पनि शाहीकालमा महान्याधिवक्ता खड्का न्यायपरिषद सदस्यमा सिफारिश हुन सफल भएका हुन् । यो सरकारको कोटाबाट सिफारिश हुने सदस्य पद हो ।