
हेटौंडा, असोज ३ । बागमती प्रदेश सरकारको आयोजना र समन्वयमा हेटौंडामा ७ औं संविधान दिवस मनाइएको छ ।
बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानले परिकल्पना गरेको लक्ष र उद्देश्य पूरा गर्न सम्बन्धित सबैको ध्यान जान आवश्यक रहेको बताउनु भएको छ ।
यस्तै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संविधानको पूर्णपालना गर्दै जनताको जिवनमा वास्तविक समृद्धी ल्याउन प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्