
काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७८६ पीसीआर तथा ३ हजार ३१ एन्टिजेन परीक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोमबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
सोमबार २ हजार ९५७ कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २२ हजार ३२३ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्